आइतबार थपिए ४ सय २१ कोरोना संक्रमित


नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जना संक्रमित थपिएका  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  दिइएको जानकारीअनुसार आइतबार १९४ जना कोरोनाबाट निको भएका छन् ।
 निको हुनेमध्ये १८६ पुरुष र ८ महिला छन् । हालसम्म  कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । 

विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ छ । हालसम्म देशभर १ लाख ७५ हजारभन्दा  बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १६:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया