सुरक्षा रणनीति तयार गर्न पृतनापतिलाई प्रधानसेनापतिको निर्देशन

काठमाडौ– प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार देश तथा विदेशको पछिल्लो अवस्था अध्ययन गरेर सुरक्षा रणनीति तयार गर्न पृतनापतिहरुलाई निर्देशन दिएका छन् । भद्रकालीस्थित जंगी अड्डामा आयोजित पृतनापति बैठकको समापनका अवसरमा उनले यस्तो निर्देशन दिएका हुन् । 

सो अवसरमा थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल प्रभावबारे अध्ययन गरेर रणनीति तयार गर्न निर्देशन दिँदै उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न आग्रह गरे ।  ।

‘नेपाली सेना नेपालको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सदाझैँ प्रतिबद्ध रहेको भन्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्य पालना गर्न र विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तय गर्न निर्देशन दिए । 

बैठकमा रथीहरु, सबै पृतना हेडक्वाटरका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकामा रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति थियो ।

बैठकमा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्यप्रगति विवरण र समिक्षा, कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाब प्रस्तुत गरेका थिए ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १९:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया