बाबुरामको प्रश्नः प्रधानमन्त्री हटाउन चलखेल गर्ने राजदूतलाई किन देशनिकाला गर्नुहुन्न ?

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हटाउन चलखेल गर्ने राजदूतलाई देश निकाला गर्र्न सुझाब दिएका छन् । मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको ? भन्दै प्रश्न गरे । 

प्रधानमन्त्री ओली स्वयंले भारत, चीन र अमेरिकासँग सम्बन्ध बिगारेको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्रीजी के हेरेर बस्नुभएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?

नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान विभेदकारी भएको उनले बताए । कहिले अरु पार्टी फुटाउने विधेयक ल्याउने, कहिले हाच्छ्यूँ गरेर कोरोनालाई उडाउनपर्छ भन्ने बेतुकका कुरा गरेर प्रधानमन्त्रीले जग हसाएको उनको आरोप थियो । 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १८:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया