साम्राज्ञीविरुद्ध भुवनले दिए कलाकार संघमा उजुरी

अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहविरुद्ध कलाकार संघमा उजुरी गरेको जानकारी गराएका छन् । 

आफूले उजुरी दिएको जानकारी गराउँदै उनले लेखेका छन्, ‘हरेक कथाको तीनवटा पाटा हुन्छन्– अरुको ,आफ्नो र सत्यको । र, सत्य के हो त्यो अब नेपाल कलाकार संघ र कानुनले नै, फैसला गर्नेछ ।’ 

यस सम्बन्धीछानबिनको लागि नेपाल चलचित्र कलाकार संघमा निवेदन दिइसकेको उनले उल्लेख गरेका छन् । उजुरीमा उनले आफू कलाकार संघको आजीवन सदस्य भएकाले आफूमाथि लगाइएको आरोपको सत्य छानबिन गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १६:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया