विद्यालय नखुलेको वेलाको शुल्क नतिर्ने अभिभावक संघको घोषणा

काठमाडौं– अभिभावक संघ नेपालले विद्यालय नखुलेको वेला कुनै पनि हालतमा शुल्क तिर्न नसकिने प्रस्ट पारेको छ । संघले निजी विद्यालयहरूलाई सरकारसँग माग राख्न सुझाब दिएको छ ।

अध्यक्ष केशव पुरीद्वारा जारी विज्ञप्तिमा विद्यार्थी संगठन र अभिभावक संघ अभिभावकको पक्षमा उभिएको, तर सरकारले यसबारे ठोस निर्णय गर्न नसक्दा समस्या भएको जनाएका छन् ।

संघले निजी विद्यालयहरुलाई केही सुझाब पनि दिएके छ । जसअनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना हुँदा लिएको धरौटीबापत जम्मा भएको रकम यस असामान्य परिस्थितिमा प्रयोग गर्ने, सरकारले संस्थागत विद्यालयहरूलाई राहत प्याकेज, समयावधि तोकेर थोरै व्याजमा ऋण दिनेलगायत छन् । 

त्यस्तै, राहत प्याकेज गराउन सकिने अवस्था नभए संस्थागत विद्यालयहरूले सम्बन्धन लिँदा राखेको धरौटी रकम निश्चित अवधिका लागि प्रयोग गर्न दिने विकल्प रहेको जनाएको​ छ । 

संघले एसईई तथा कक्षा ११ को परीक्षाका लागि लिइएको परीक्षा सञ्चालन खर्चका लागि लिएको रकममध्ये प्रश्नपत्र निर्माण, छपाई एवं ढुवानीबापत खर्च भई बाँकी रहेको रकम विद्यालयहरूलाई राहतको रूपमा दिन प्रस्ताव गरेको छ ।

अनलाइन कक्षाहरू सबैको पहुँचमा पुर्‍याउनतर्फ ध्यान दिन संघले सरकारसँग माग गरेको छ ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १८:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया