विप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ

भोजपुर– नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको हो ।  राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ । 

घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १९:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया