सुदूरपश्चिम प्रदेशमा १ सय ११ जना कोरोना संक्रमित थपिए, बाजुराका मात्रै ५४ जना

धनगढी– सुदूरपश्चिम प्रदेशमा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएकासंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय दुई पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना, धुलिखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना गरी मंगलबार मात्रै १ सय ११ जना नयाँ संक्रमित थपिएका हुन् ।

सेती प्रादेशीक अस्पताल धनगढीका अनुसार आज थपिएका संक्रमितहरुमा अछामको मेल्लेख गाउँपालिकाका २ महिला ३ पुरुष गरि ५ जना, कैलालीको लम्की चुहाका ३ महिला १० पुरुष गरि १३ जना र कैलालीकै गोदावरी नगरपालिकाका ३ महिला १ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछाम ११ जना, बैतडीका ११ जना र डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नै धुलिखेल अस्पतालमा बाजुराका ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराकै ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यसैगरी आज नै सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ महिला र १४ पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १९:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया