नेकपा स्थायी कमिटीको बैठक शुक्रबारसम्मका लागि स्थगित
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आजका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले आज ट्विट गर्दै यसको जानकारी दिएका हुन् ।

यसअघि शनिबार पनि यो बैठक स्थगित गरिएको थियो । शनिबार सोमबारका लागि राख्ने भनिएको बैठक फेरि स्थगनमा परेको थियो ।

पछिल्लो समय शीर्ष नेताहरुबीच विवाद नमिल्दा नेकपा स्थायी कमिटी बैठक कहिले टुङ्गिने भन्ने ठेगान छैन । 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार ९:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया