मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयबीच सहकार्य
अध्ययनअध्यापन तथा अनुसन्धानलगायत विषयमा सहयोग आदानप्रदान हुने


सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयबीच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयका उपकुलपति हे छिछ्याङले शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधि विज्ञ पञ्चदेव भट्टले शैक्षिक तथा अनुसन्धान विकासका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय र हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयबिच पहिलो पटक एतिहासिक सम्झौता भएको बताए । 

 

‘सम्झौतामा दुवै विश्वविद्यालयबिच दीर्घकालिन रुपमा लागू हुने गरी शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्ने उल्लेख छ,’ उनले भने, ‘यो सहकार्यपश्चात् दुईवटै विश्वविद्यालयले साझा चासोका विषयमा सहकार्य गर्दै दीर्घकालिन तथा समग्र सहयोगको परिधिअन्तर्गत रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिङ स्कलर आदान प्रदान गर्नेछन् ।’ 

 



दुवै विश्वविद्यालयबीच शैक्षिक पठन–पाठन सुधार तथा सिकाइका लागि उपयुक्त प्राध्यापकबीच समेत आदान प्रदान गरिने उनले जानकारी दिए । उनका अनुसार दुवै विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कुलबीच समेत सहकार्य हुनेछ । 

 



सम्झौतापछि दुई वटै विश्वविद्यालयका विद्यार्थीले सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरी पढ्न सक्नेछन् । त्यसबाट विद्यार्थीको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुँच पुग्ने विश्वास गरिएको छ । 


दुई विश्वविद्यालयबीच भएको औपचारिक सम्झौताबाट सहकार्यको प्रभावकारिता तथा उपयोगिताको दायरालाई फराकिलो पार्दै प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले एक आपसमा प्रत्यक्ष शैक्षिक लाभ लिन सक्ने विश्वास लिइएको विश्वविद्यालयले जनाएको छ । 

 

हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अर्थशास्त्र, व्यवस्थापन, कानून, कला, विज्ञान तथा प्रविधि विषयमा अध्ययन तथा अध्यापनका लागि प्रशिद्ध रहेको छ ।
 

  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १३:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया