विश्वकप जितेको १० वर्षे खुसीयालीमा के भने रामोसले ?

दशकको सुशीयाली स्पेनले आजभन्दा ठीक १० वर्षअघि विश्वकप फुटबलको उपाधि पहिलोपटक उपाधि जितेको थियो । त्यो स्पेनको पहिलो र एक मात्र विश्वकप उपाधि हो ।

दक्षिण अफ्रिका गएर विश्वविजेता बनेको त्यो क्षण स्पेनिस फुटबलरहरुले कहिल्यै नभुलेको बताएका छन् । उनीहरु आज खुसी साटासाट गरिहेका छन् । बिहानैदेखि विश्वकप क्षणहरु सामाजिक सञ्जालमा पोस्ट गरिहेका छन् ।

यसैबीच, स्पेनिस राष्ट्रिय टिममा वर्तमान कप्तान तथा विश्वकप विजेता टोलीका सदस्य सर्जियो रामोसले पनि आज ट्विट गर्दै विश्वकप उपाधि दशकको खुशियाली मनाएका छन् ।

‘१० वर्षअघिको त्यो दिन यता हामी सबै खुसी छौं’, उनले भनेका छन् ।

रामोसले मात्र नभएर एकर कासियास, जाभी, आन्द्रेस इनियस्टा, डेभिड भिल्लालगायतका खेलाडीले सामाजिक सञ्जालमा विश्वकप दशक मनाएका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १५:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया