थप १६७ मा कोरोना सङ्क्रमण पुष्टि, थप २१३ संक्रमणमुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।  तीमध्ये ६ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ । 

प्रवक्ता डा. गौतमका अनुसार थप २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार २ सय ४९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।
 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १६:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया