रुसका ह्याकरले चोरे कोरोनाको औषधी

बेलायतको राष्ट्रिय साइबर सुरक्षा सेन्टरले रुसका ह्याकहरुले उनीहरुका विभिन्न संगठनलाई निशाना बनाएको बताएका छन् । ती संगठनहरुले अहिले कोरोनाभाइरसको भ्याक्सिन विकास गरिरहेको र ती भ्याक्सिनबारे जानकारी रुसी ह्याकरले चोर्न थालेको उनीहरुले आरोप लगाएका हुन् ।

साइबर सुरक्षा सेन्टरको दाबी अनुसार रुसी ह्याकरहरुले अहिले पनि ती संगठनका विभिन्न कम्प्युटरलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएका हुन् ।

यसका लागि उनीहरुले मालवेयरको प्रयोग गरेको उनीहरुले बताएका छन् ।

यसलाई सुरक्षा सेन्टरका अधिकारीहरुले घृणित कार्यको संज्ञा दिएका छन् ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार २२:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया