के लामखुट्टेबाट पनि कोरोनाभाइरस संक्रमण हुन्छ ?

लामखुट्टे र कोरोनाभाइरस अर्थात् सार्स कोभ २ को सम्बन्ध के होला ? यस विषयमा अहिले पनि विश्वमा विभिन्न अध्ययन भइरहेका छन् । यहीबीच विश्व स्वास्थ्य संगठनले लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस नसर्ने बताएको छ । 

साइन्टिफिक जर्नलमा छापिएको एक रिसर्चअनुसार कोरोनाभाइरस संक्रमितलाई टोकेको लामखुट्टेले नै स्वास्थ्य मानिसलाई टोक्दा पनि कोरोनाभाइरस संक्रमण नहुने देखिएको छ । 

यो रिर्सचका लेखकले भनेका छन्, ‘सबैभन्दा ठूलो समस्या भएको समयमा पनि कोरोनाभाइर संक्रमितलाई टोकेको लामखुट्टेले अरु कसैलाई टोक्दा पनि कोरोनाभाइरस संक्रमण फैलिँदैन । यो कुरालाई विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरिसकेको छ ।’

तर, अहिलेसम्म कोरोनाभाइरस र अन्य जनावरको सम्बन्धबारे चाहिँ पुष्टि भइसकेको छैन ।





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १८:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया