लकडाउन हटाएकोमा देउवाले पोखे ओलीसँग असन्तुष्टि
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा प्रधानमन्त्री निवास पुगेका हुन् ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई कोरोनाभाइरस सङ्क्रमणको जोखिम र बाढी पहिरोले पु¥याएको क्षतिबारे ध्यानाकर्षण गराएको एक कांग्रेस नेताले बताए ।

लकडाउन गर्दासमेत कोरोना सङ्क्रमितको संख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाएकोमा देउवाले प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेको बताइएको छ ।

कोरोना परीक्षण पिसीआर प्रविधिमार्फत मात्रै गर्न, मापदण्डयुक्त क्वारेन्टिन बनाउने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको ती नेताले बताए ।

साथै, देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन, बाढी पहिरो पीडितका लागि सरकारले उद्धार, राहत र पुर्नस्थापनाका लागि युद्धस्तरमा कार्य गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी, सभापति देउवाले आन्दोलतरत विभिन्न समुहसँग वार्ता गरेर समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १४:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया