बुबाको हत्या गरेको अभियोगमा  छोरा पक्राउ

जुम्ला– आफ्नै ८४ वर्षीय बुबा धनबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जुम्ला प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कनकासुन्दरी गाउँपालिका–४ बस्ने २८ वर्षीय ऐनबहादुर शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

शाहीले घरायसी विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका धनबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय हाडसिजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १९:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया