नयाँ एकदिवसीय वरियता सार्वजनिक, कोहली ब्याटिङ वरियताको शीर्ष स्थानमा कायमै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एक दिवसीय क्रिकेटका खेलाडीहरुको नयाँ वरियाताक्रम सार्वजनिक गरेको छ । आइसिसीले मंड्गलबार एकदिवसीय ब्याट्सम्यान ,बलर तथा अलराउण्डरहरुको वरियाताक्रम सार्वजनिक गरेको हो ।

एक दिवसीय ब्याट्सम्यानको बरियाताक्रममा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ८७१ प्वाइन्टका साथ शीर्ष स्थानमा रहँदा भारतकै रोहित शर्मा ८५५ अंकका साथ दोस्रो स्थानमा छन् ।

पाकिस्तानका बाबर आजम, न्युजिल्याण्डका रोस टेलर, दक्षिण अप्रिकाका फाफ डु प्लेसिस, अष्ट्रेलियाका डेविड वार्नर, इङ्गल्याण्डका जो रुट ,अष्ट्रेलियाका आरोन फिन्च, न्युजिल्याण्डका कप्तान केन विलियम्सन तथा दक्षिण अफ्रिकाका क्विन्टन डि कक क्रमशः तेस्रोदेखि १० औं स्थानमा छन् ।

बलिङतर्फ न्युजिल्याण्डका टेन्ट्र बोल्ट ७२२ प्वाइन्टको साथमा शीर्ष स्थानमा रहँदा भारतमा जसप्रित बुमराह ७१९ प्वाइन्टको साथमा दोस्रो स्थानमा छन् ।

अफगानिस्तानका मुजिब उर रहमान, अष्ट्रेलियाका प्याट कमिन्स, दक्षिण अफ्रिकाका कगिसो रवडा, इङ्गल्याण्डका क्रिस वोक्स, पाकिस्तानका महम्मद आमिर, न्युजील्याण्डका म्याट हेनरी, अफगानिस्तानका राशिद खान तथा न्युजिल्याण्डका ल्युकी फर्गुसन क्रमश : तेस्रोदेखि १० औंं स्थानमा छन् ।



त्यस्तै, अलराउण्डतर्फ अफगानिस्तानका मोहम्मद नाबी ३०१ प्वाइन्टको साथ शीर्ष स्थानमा रहँदा इङ्गल्याण्डका वेन स्टोक २९३ प्वाइन्टको साथ दोस्रो स्थानमा छन् ।



पकिस्तानका इमाद वसिम, न्युजील्याण्डका कोलिन डि ग्राण्डहोम, इङ्गल्याण्डका क्रिस वोक्स, अफगानिस्तानका राशिद खान, मिचेल सेन्टनर, भारतका रवीन्द्र जडेजा, जिम्वावेका सिकन्दर राजा तथा सिन विलियम्स क्रमश : तेस्रोदेखि १० औ स्थानमा छन् ।

यसपटक कुनै पनि नेपाली खेलाडी अलराउण्डर तर्फ शिर्ष १०० मा अटाउन सकेनन । यस अघि पारस खड्का तथा सोमपालकामी शिर्ष १०० मा अटाएका थिए ।

कोरोना प्रभावका कारण मार्च १३ मा अष्ट्रेलिया तथा न्युजील्याण्डबीचको खेल भए यता कुनै पनि अन्तराष्ट्रिय एकएकदिवसीय खेलहरु भएका छैनन् । अब ३० जुलाईमा इङ्गल्याण्ड तथा आयरल्याण्ड विरुद्धको खेलबाट लामो समयपछि एकदिबसीय अन्तराष्ट्रिय खेल फर्कँदैछ ।  

  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १४:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया