राखेपका सदस्य-सचिव र उपाध्यक्षको सपथ ग्रहण आज

 राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
सपथ कार्यक्रम दिउँसो ३ बजे सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा हुनेछ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई राखेपको सदस्य-सचिव तथा कोइरालालाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

सिलवाल दोस्रो कार्यकालका लागि राखेप सदस्य–सचिवमा नियुक्त भएका हुन् । पहिलोपटक २०७६ असार २३ मा सदस्य–सचिव बनेका उनी नयाँ खेलकुद ऐन लागु भएपछि असार १७ मा पद मुक्त भएका थिए ।

सिलवाल राखेपको इतिहासमा खुल्ला प्रतिस्पर्धाबाट राखेपको सदस्य सचिव हुने पहिलो व्यक्ति हुन् ।

त्यस्तै, नेपाल तेक्वान्दो युनियनको अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सह–संयोजक रहेका कोइराला पहिलोपटक राखेप प्रवेश गर्न लागेका हुन् । उनी १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार–प्रसार समितिका संयोजक थिए ।

दुबैको कार्यकाल ४ वर्षको हुनेछ  । 




 



  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १४:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया