सिपिएल खेल्न जान पिपिई लगाएर विमानस्थल पुगे सन्दीप लामिछाने
तस्वीर: रमन सिवाकाेटीकाे साैजन्यमा

नेपाली बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन् । उनी बिहीबार विहान १० बजेको विमानबाट त्यसतर्फ लाग्ने भएका हुन् । 

यसका लागि उनी विमानस्थलमा पिपिई लगाएर पुगेका छन् । कोरियन एयरबाट कोरियाको सिओल हुँदै ट्रिनिडाड पुग्न लागेका सन्दीपले अमेरिका ट्रान्जिट बनाउने छन् । 
सन्दीप ट्रिनिडाड एन्ड टोबागो १ अगस्टमा पुग्ने बताइएको छ । 

उनी विमानस्थलमा पिपिई साथ देखिएका हुन् । सिपिएलका लागि सन्दीप १ करोडभन्दा धेरै नेपाली रुपैयाँमा अनुबन्धित भएका हुन् । 

लामिछानेले त्यहाँ १५ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । सिपिएल १५ अगस्टमा सुरु हुँदैछ र १० सेप्टेम्बरमा सकिनेछ । यसपटक लामिछाने सिपिएलमा जमैका तहल्वाजबाट खेल्दैछन् ।





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ९:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया