भियतनाममा कोरोनाका कारण पहिलो मृत्यु

कोरोनाभाइरस (कोभिड १९) का कारण भियतनाममा पहिलो मृत्यु भएको छ । भियतनामको सरकारी मिडियाअनुसार कोभिड १९ का कारण पहिलो मृत्यु भएको हो । 

भियतनाम सरकारले क्वारेन्टिन तथा फिजिकल डिस्टेन्सिङका लागि कडा नियम लागू गरेको छ । त्यसैले पनि यसअघि त्यहाँ कोरोनाभाइरसको संक्रमण बढी देखिन पाएको थिएन । 

तर, पछिल्लो समय समुद्री तटमा पर्यटकको संख्या बढ्न थालेपछि भियतनाममा पनि कोरोनाका संक्रमित फेरि भेटिन थालेका छन् । 

तर, अझै त्यहाँ कोरोना संक्रमण कहाँबाट फैलिएको छ भन्ने थाहा भइसकेको छैन ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १९:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया