जर्मनीमा बढे कोरोनाभाइरस संक्रमित

जर्मनीमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । अरु युरोपेली मुलुकको तुलनामा जर्मनीले कोरोना नियन्त्रणमा राम्रो काम गरेको थियो । 

तर, अब जर्मनीमा पनि कोरोनाभाइरस संक्रमितको संख्या २ लाख १० हजार ३ सय ९९ पुगेको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो २४ घन्टामा जर्मनीमा ९ सय ५५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अनि अहिलेसम्म जर्मनीमा कोरोनाभाइरसका कारण ९ हजार १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १२:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया