सिपिएलअघि क्वारेन्टिनमा बसे सन्दीप

क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने १४ दिने क्वारेन्टिनमा बसेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार सन्दीपलगायत सिपिएल खेल्ने सम्पूर्ण खेलाडीहरू आइतबारबाट क्वारेन्टिन बसेका हुन् ।

यो सिजनको सिपिएल अगस्ट १८ देखि सेम्टेम्बर १० (भदौ २ देखि २५) सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुँदैछ । 

सन्दीपले यो सिजनको सिपिएल जमैका तलावाजबाट खेल्दै छन् । जमैकाले उनलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

सन्दीप बिहीबार कोरियन एयरलाइन्सको चार्टर्ड जहाजमार्फत् ट्रिनिडाड एन्ड टोबागोका लागि निस्किएका थिए ।

यस बीचमा सबै खेलाडीको पिसिआर परीक्षण हुनेछ र त्यसको नतिजा नेगेटिभ आए मात्र सिपिएलमा खेल्न पाउने छन् ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १९:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया