दाङमा सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण
प्रतीकात्मक तस्बिर

दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो ।


 जिल्लामा अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 
केही दिनपछि इलाका प्रशासनमार्फत पनि काम सुरु हुने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । जिल्लामा पहिलोपटक घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानले राष्ट्रिय परिचयपत्र बनाएकी छन् ।

 

परिचयपत्रमा नागरिकको वैयक्तिक विवरणको केन्द्रीकृत रूपमा अभिलेख हुन्छ । व्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रका रुपमा प्रयोग गर्न सकिने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा परिचयपत्र उपयोग गर्न सकिन्छ । 

 

हाललाई नागरिकताको प्रमाणपत्रमा आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यवस्था छ ।
 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १३:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया