रुसको कोरोना भ्याक्सिनबारे डब्लूएचओको आशंका

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबार रुसको भ्याक्सिनबारे आशंका जनाएको छ । रुसले अक्टोबर महिनामा कोरोनाभाइरस भ्याक्सिन आफ्ना नागरिकलाई दिने गरि उत्पादन गर्ने जनाएको छ ।

स्वास्थ्य संगठनले भ्याक्सिन उत्पादनका लागि नयाँ गाइडलाइन्स बनाइएको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरले युएन प्रेस बिफ्रिङमा सोधिएको थियो कि भ्याक्सिनको तेस्रो चरणको परीक्षणविना त्यसलाई उत्पादन गर्न पाउनु खतरानक होइन र ? 

‘यो हामी सावधान हुनु पर्ने विषय हो,’ क्रिस्टियनको जवाफ थियो, ‘यो दिने भनिएको भ्याक्सिन कति विश्वास गर्न लायक हो भन्ने विषयमा पहिले नै राम्रो अनुसन्धान गर्नु पर्ने देखिएको छ ।’





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १०:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया