चट्याङले मृत्यु
सांकेतिक तस्बिर

सिन्धुलीको दूधौली नगरपालिका–२ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।

खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङ वर्षासँगै परेको चट्याङ लागी घाइते भएका थिए । घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १९:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया