विदेशबाट एकै दिन स्वदेश फर्किए १ हजार ४६६ नेपाली
फाइल तस्बिर

विभिन्न मुलुकमा अलपत्र १ हजार ४ सय ६६ नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले चार्टर्ड उडानमार्फत् उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २ सय ५९ नेपालीलाई काठमाडौं  ल्याएको छ ।

हिमालयले दोहाबाट १ सय ५७ जनालाई घर फर्कायो । नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याएको विमानस्थलको तथ्यांकमा छ ।

मालिन्दो एयरले क्वालालाम्पुरबाट १ सय ७८ जनालाई काठमाडौं ल्याएको छ । एयर अरेवियाले सारजहाबाट १ सय ६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रु बोकेको थियो ।

एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु काठमाडौं आए । बिहीबार नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद उड्नेछन् । यी जहाज शुक्रबार आउने कार्यक्रम छ ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १९:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया