सहुलियत भाडा दरमा उडान गर्ने बुद्धको घोषणा

भदौ १ गतेबाट आन्तरिक हवाइ सेवा सुरु भए बुद्ध एयरले न्यून भाडादर​मै सेवा दिने जनाएको छ । उडान सुरु भएपछि  ३ हजारमा विराटनगर, ४२ सयमा नेपालगञ्ज, ३४ सयमा भद्रपुर, ५४ सयमा धनगढी, २७ सयमा भैरहवा, १९ सयमा पोखरा र २७ सय रुपैयाँमा जनकपुर उडाउने कम्पनीले जनाएको छ ।

 

अहिले कम्पनीले कोभिङ–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्वअभ्यास गरिरहेको छ । हरेक उडान अगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीलाई सुरक्षा तालिम तथा पिपिई प्रदान गरिसकेको कम्पनीले जनाएको छ । 

 

कम्पनीले यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छ । 

 



‘विषम परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गरुन् भन्ने  उद्देश्यले भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको यो एकतर्फी भाडा दर हो । काठमाडौं भित्रिनका लागि भने नियमित भाडादर लाग्ने बताइएको छ ।
 



  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १४:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया