सञ्जय दत्त अस्पताल भर्ना

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि दत्त मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना भएका हुन् । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनमा कोरोनाभाइरस संक्रमणको आशंका गरिएको थियो । तर, उनको पिसीआर टेस्ट रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

अस्पतालको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यहरुले दत्तलाई अस्पतालको आइसीयू वार्डमा राखिएको भएता पनि स्वास्थ्यमा गम्भीर समस्या नदेखिएको जनाएका छन् । 
 

दत्तको स्वास्थ्य जाँचका केही रिपोर्ट नआइसकेको र अवस्था स्थीर नै रहे आजै डिस्चार्ज हुने बताइएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ११:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया