साढे आठ हजारको परीक्षण गर्दा ३ सय ८० संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ को पिसीआर परीक्षण भएकोमा ३ सय ८० संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतबार नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी गराएका हुन् । यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १७:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया