काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्म नेपालमै भएको भन्दै माडीका जनप्रतिनिधिलाई शनिबार भेटेर राममन्दिर बनाउन निर्देशन दिएका छन् । आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान् भारतीय भएको भनेर टिप्पणी गरेका छन् । यही परिप्रेक्ष्यमा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘यताकाले राम यतै जन्मेका हुन् भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए । अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए ।’
भट्टराईले प्रधानमन्त्री ओलीलाई छट्टु स्यालसँग तुलना गरेका छन् ।
छट्टुुस्याल चील आयो भनेर कराउँथ्यो;गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो!यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए,उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए।अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए।छट्टुु स्यालले के के चोर्ने हुन्!होशियार!
— Baburam Bhattarai (@brb1954) August 9, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।