कपिलवस्तुमा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा

बुटवल– कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।  

यसअघि स्थानीय प्रशासनले जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको थियो । साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । 

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको प्रजिअ पौडेलले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कपिलवस्तुमा आइतबारसम्म ८ सय ५७ जना कोरोना संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया