कर्णालीमा मात्रै दुई हजार नाघे कोरोना संक्रमित

काठमाडौं– कर्णालीमा पछिल्लो चौबिस घण्टामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई हजार नाघेको छ ।

कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ६ र सुर्खेतका एक गरी २४ जनामा संक्रमण पहिचान भएको छ ।  

हाल कर्णालीमा ११७ जना कोरोनाका सक्रिय बिरामी छन् भने ६ जनाको मृत्यु भइसकेको छ । कोरोना निको भई डिस्चार्ज भएकाको संख्या एक हजार ८८० पुगेको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार २०:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया