सिन्धुपाल्चोक पहिरोमा पुरिएका ११ जनाको शव भेटियो, २७ अझै बेपत्ता

काठमाडौं– सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । शुक्रबार गएको पहिरोमा परी ३७ घर पुरिएका थिए । 

शव भेटिएकामध्ये ४ जना पुरुष, २ महिला र ५ बालक छन् । मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।  

११ जनाको शव फेला परे पनि अझै २७ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयले ४० घरका लागि आवश्यक त्रिपाल, खाद्यान्नको व्यवस्था गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिबाट भने हाल ३७ घरका लागि प्रतिघर १५ हजार रुपैयाँ सहयोग गरिएको छ । 

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादल पहिरोस्थलमा पुगी निरीक्षण गरेका छन् । 



सापकोटा शुक्रबार बिहानै त्यहाँ पुगेका थिए भने थापा राहत लिएर शुक्रबार दिउँसो पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए ।



  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १८:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया