अध्यक्ष दाहालद्वारा पहिरोमा मानवीय क्षतिप्रति दुःख व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।  उनले शुक्रबार समवेदना व्यक्त गर्दै बाढीपहिरोमा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

उनले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्न समेत आग्रह गरे ।

गए राति परेको अविरल वर्षापछि आएको पहिरोका कारण  सिन्धुपाञ्चोकको जुगल गाउँपालिका–२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको छ । उक्त पहिरोमा परी ११ जनाको मृत्यु र करिब २७ जना बेपत्ता भएका छन् ।  

यस्तै कालीकोट महावै गाउँपालिकामा गए राति आएको पहिरोमा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

अध्यक्ष दाहालले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १८:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया