काठमाडौं– नेपाली सेनाले सहायक रथी (जर्नेल)सहित तीन सैनिकलाई बर्खास्त गरेको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा उनीहरुलाई सेवाबाट हटाइएको हो ।
पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई सेवाबाट हटाउने फैसला गरेको हो ।
सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहर गर्दै अदालतले सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको छ ।
त्यसैगरी अदालतले तीनजनाको घटुवा गरेको छ । यसरी घटुवामा पर्नेमा सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेत छन् । उनीहरुको एक–एक तह घटुवा गरिएको छ ।
प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत तथा महा सेनानी राजेन्द्रमणि गिरी र अवकास भइसकेका लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने फैसला गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।