मंगलबलार विहान आएको परीक्षणको रिपोर्टअनुसार गण्डकी प्रदेशमा थप २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । गण्डकीका ६ जिल्लामा २५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।
यीमध्ये ५ जना महिला र २० जना पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांकअनुसार गण्डकीमा थपिएका २५ जनामध्ये १५ जना पोखराका मात्र हुन् ।
त्यस्तै, बागलुङमा २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पूर्व नवलपरासीमा ३ जना लमजुङमा एक जना र स्याङ्जामा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
आज थपिनेमा तनहुँका २ जना महिला रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।