पोखराको निषेधाज्ञा १२ गतेसम्म

कास्कीमा जारी निषेधाज्ञा ५ दिन बढाइएको छ । पोखरा महानगरपालिकामा समुदायमा कोरोना संक्रमण देखिएपछि भदौ २ गतेदेखि जारी निषेधाज्ञा बढाएर भदौ १२ गतेसम्म पुर्याइएको बताइएको छ ।

 

आइतबार सम्पन्न महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयले महानगरको सोही सिफारिश अनुमोदन गरेको हो ।

 

पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौ १२ गतेपछि निषेधाज्ञा जारी गर्न नपरोस् भन्नका लागि बैंक तथा वित्तीय क्षेत्र, वर्कसप लगायत ठाउँ व्यवस्थित गर्ने तयारीमा जुटेको जानकारी दिए ।


अहिले पोखरामा १४० को हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । तीमध्ये करिब ३० जना होम क्वारेण्टिनमा छन् । पोखरामा आइतबार मात्रै एकजना ट्याक्सी ड्राइभर र संक्रमितको सम्पर्कमा आएका २ जना स्वास्थ्यकर्मीसहित ४ जनामा संक्रमण देखिएको छ । 
 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १७:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया