कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचना खारेज

काठमाडौं— सरकारले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । अब कोभिड उपचार गर्ने अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ । कोभिड र नन् कोभिडलाई एकै स्थानमा उपचार गर्न पाउने छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थिति थियो । 

निर्णयअनुसार हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, दुई र तीनलाई खारेज गरी सबै अस्पताललाई कोभिड–१९ को बिरामी उपचारमा सूचीकृत अस्पताल हुने भएका छन् । यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् ।

मन्त्रालयका अनुसार अब ११५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउनेछन् भने ४९ अस्पतालले कोभिडका बिरामीको उपचार गर्नेछन् । मन्त्रालयले यसअघि गरेको व्यवस्था अनुसार देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ अस्पताल १८ वटा र लेभल १ अस्पताल ७ वटा थियो । 

‘अब पहिला लेभल १, २, ३ भनेर सूचीकृत गरिएका अस्पताल सबैले समानरुपमा कोभिडका बिरामी भर्ना लिएर उपचार गर्नुपर्नेछ । लेभल १, २ का रुपमा सूचीकृत भएका अस्पतालले आफूले सेवा दिन सक्ने अवस्था रहँदारहँदै पनि अन्यत्र बिरामी रेफर गर्ने गरेको पाइएकोले सो समस्या समाधान गर्न यस्तो व्यवस्था लागू गरिएको मन्त्रालयको भनाइ छ । ​



 



  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १६:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया