बाँकेमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका नेपालगन्ज उपमहानगरपालिकाका ३७ वर्षीय पुरुषको बाँकेमा निधन भएको हो । 

उनी कोरोना संक्रमणका साथासाथै निमोनियाको समस्याबाट पनि पीडित थिए । ८ भदौमा उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको भेन्टिलेटरको सहयोगमा उपचार भइरहँदा निधन भएको हो ।

योसँगै बाँकेमा ५ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । प्रदेश ५ चाहिँ अब कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ८:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया