नियमित अन्तर्राष्ट्रिय उडान सुरु
फाइल फोटो

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । 
बन्दाबन्दीको पाँच महिनापछि भदौ १६ देखि सरकारले निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।


कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसिआर परीक्षण सहज भएका देशबाट नियमित उडान गर्ने केही दिन अघिको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुने बताइएको छ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसिआर परीक्षण सहज भएका मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिने बताइएको छ ।


त्यसैगरी, पिसिआर सहज नभएका कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

 

नियमित अन्तर्राष्ट्रिय उडान अन्तर्गत पहिलो दिन नेपाल एयरलाइन्सको एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाज आज जापानको नारिता जाने विमानस्थलले जनाएको छ । मंगलबार अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । तर, चार्टर्डतर्फ भने पाँच उडान हुनेछन् ।
 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १३:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया