नेपाल राष्ट्र बैंकले बैंकका उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले अब व्यक्तिगत नाममा कर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका कर्मचारीले यस्तो कर्जा नपाउने उल्लेख गरेको छ ।
उच्च कर्मचारीमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित दुई तह मुनिसम्मको कर्मचारी पर्छन् । यसअघि बैंकका सञ्चालक समिति सदस्य र सिइओले तोकिएका बाहेक शीर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो ।
निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापन तहको पदाधिकारीले शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, वा घरायसी प्रयोजनका सामग्री कर्जाबाहेक निजहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा लिन पाउने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।