उपत्यकामा २१ दिनपछि निषेधाज्ञा खुकुलो, पहिलो दिन नै चहलपहल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा स्थानीय प्रशासनले आजदेखि खुकुलो पारेसँगै राजधानीमा भीडभाड बढेको छ ।

२१ दिनको लामो निषेधाज्ञा प्रशासनले खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चलहपहल बढेको हो ।

तोकिएको समयअनुसार पसल खुल्न थालेका छन् भने सवारीसाधनको मापदण्ड अनुसार निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा चल्न थालेका छन् । प्रशासनले १६ सिटभन्दा बढी क्षमता भएका सावरीसाधनमा जोर–बिजोर प्रणाली लागु गरेको छ । 

स्थानीय प्रशासनले बिहान ११ बजेसम्म पसल खोल्न पाउने तथा साँझ ५ बजेपछि ७ बजेसम्म पुनः खोल्न पाउने कार्यतालिका सार्वजनिक गरेको छ । योसँगै फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् ।

तालिका अनुसार व्यवसाय गर्न प्रशासनले सहज बनाएपछि निषेधाज्ञा खुलेको आज पहिलो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको हो । 

प्रशासनको तालिका अनुसार सवारीसाधन मर्मतसम्बन्धी वर्कसपहरू बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन् । काठमाडौँ उपत्यका 



भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो । उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बुधबार बसेको बैठकले काठमाडौंमा जारी निषेधाज्ञालाई खुकुलो गर्ने निर्णय गरेको थियो ।



  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया