शुक्रबारः कोरोनाभाइरसले नेपालमा बनाएको ‘चर्को’ रेकर्ड

गत वर्ष चीनको वुहानमा पहिलोपटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व प्रताडित छ । विश्वभर कोरोनाभाइरसका कारण अर्थतन्त्र डामाडोल भएको छ, लाखौँ मानिसले यसका कारण ज्यान गुमाएका छन् । अनि करोडौं मानिस यसका कारण प्रत्यक्ष प्रभावित भएका छन् । 

नेपालमा पनि पहिलोपटक जनवरीमा नै देखिएको कोरोनाभाइरसले अहिलेसम्म आइपुग्दा निकै बढी प्रभाव पारिरहेको छ ।

झन्, शुक्रबार त नेपालमा कोरोनाभाइरसले रेकर्ड नै बनाएको छ । नेपालमा शुक्रबार कोरोनाभाइरसका कारण अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । र, २ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित एकै पटक भेटिएको शुक्रबार नै पहिलो पटक हो । 

कोरोनासँग सम्बन्धित शुक्रबारका केही तथ्यांक हेरौँ । नेपालमा शुक्रबार मात्र ११ हजार ४ सय ५८ जनामा कोरोना परीक्षण गरिएको थियो । यति परीक्षण गर्दा २ हजार २० जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । यो नै अहिलेसम्म नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको पहिलो पटक हो ।

नेपालमा शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ७ रहेको छ । योसँगै नेपालमा शुक्रबारसम्म ३ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै, शुक्रबार नेपालमा ८ सय ७१ जना कोरोनाबाट ठिक भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार २२:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया