मृत्युको पाँच दिनअघि बहिनीलार्ई सुशान्तले मेसेज गरेका थिए– उसले मलाई मारिदिन्छ

सुशान्त सिंह राजपुतको निधन भएको अब केही महिना भइसकेको छ । तर, हरेक दिन यो विषयमा नयाँ नयाँ खुलासा भइरहेको छ । अब आएको एक नयाँ खुलासाले त सबैलाई अचम्ममा पारिदिन्छ । टाइम्स नाउको रिपोर्टअनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा पाँच दिनअघि मात्र आफ्नी बहिनी मितूलाई मेसेज गरेका थिए । 

अनि मेसेजमा उनले लेखेका थिए– मलाई फसाउन सकिन्छ, मलाई डर लागेको छ, मलाई मारिदिन सक्छन् ।

९ जुनमा सुशान्तले यो मेसेज गरेका थिए । यही समयमा सुशान्तले रियालाई पनि सम्पर्क गर्न निकै प्रयास गरेको बताइएको छ । तर, रियाले सुशान्तलाई ब्लक गरेको टाइम्स नाउको रिपोर्टमा उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार २२:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया