मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्ने
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । नियमित विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा अहिले छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसकेका छन् । 

सचिवालय बैठकमा दुई वर्षे अवधि गुजारेकालाई विदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई विदा दिएर आवश्यकलाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने आदि विकल्पमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १२:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया