नागरिक पेन्सन योजनाको बैकिङ साझेदारमा एनआईसी एसिया

नागरिक लगानी कोषले सञ्चालन गरेको ‘नागरिक पेन्सन योजना’को बैंकिङ पार्टनरमा एनआईसी एसिया बैंक नियुक्त भएको छ । सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गर्ने र त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने उद्देश्यले सञ्चालित योजनाको बैंकिङ साझेदारमा नियुक्तिसम्बन्धी सहमति भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र कोषका कार्यकारी निर्देशक रमण नेपालले साझेदारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालको आर्थिक रुपान्तरण र सर्वसाधारणको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकको छ ।

पेन्सन योजनाअन्तर्गत आयआर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ,संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

योजनाका सहभागीले न्यूनतम मासिक ५ सयदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान छ ।

बैंकले हाल मुलुकभर ३ सय २६ शाखा, ४ सय ६७ एटिएम, १ सय ३ वटा एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित सेवामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।
 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १७:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया