नेपाल र भारतका गरी थप ९ स्यानिटाइजरमा प्रतिबन्ध
फाइल फोटो

कोरोना संक्रमण रोक्न भन्दै प्रयोग गरिँदै आएका  ९ वटा स्यानिटाइजरमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।  ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ को मापदण्ड विपरीत रहेका भन्दै ती स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो । 

विभागले सोमबार सूचना जारी गरी त्यसमा विषाक्त रसायन मिथानेल मिश्रित रहेको पाइएको जनाएको छ । 

‘ विषाक्त रसायन मिथानेल समावेश भएको तथा मापदण्ड विपरितका समिश्रण पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न नगराउन सर्वसाधारणमा सूचित गरिन्छ । ’ सूचनामा भनिएको छ । 

विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवाला हरुलाई भनिएको छ । प्रतिबन्ध लगाइएका स्यानिटाइजर काठमाडौंका ३, पर्साका २, बनेपाका २, ललितपुर र भारतमा उत्पादित एक–एक रहेका छन् । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार ११:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया