ओली-प्रचण्ड भेटघाट रोकियो, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीच केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भइरहेको छ । यसअघिका छलफलबाट निष्कर्ष निस्कन नसकेपछि बुधबार पनि छलफल गर्ने तयारी थियो।   

दुई अध्यक्षको छलफल रोकिएपछि मन्त्रिपरिषद् पुनर्गठन कार्य अनिश्चित भएको छ । दुई छलफलका क्रममा दुई पक्षको भागबण्डाका विषयमा कुरा नमिलेका कारण थप गृहकार्यका लागि भन्दै बैठक स्थगित गरिएको स्रोतले जानकारी दिएको छ । 
 

मापदण्डमा विवाद 

स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद् हेरफेरको मापदण्डका विषयमा कुरा मिलेको छैन । अहिले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय र टुक्राएर थपिने तीन मन्त्रालय गरी ६ वटामा मात्रै नयाँ मन्त्री नियुक्त गर्ने पक्षमा ओली छन्।

 तर अध्यक्ष प्रचण्ड भने दुई वर्ष पूरा भएका सबै मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्ति गनुपर्ने पक्षमा छन । ‘दुई वर्षका सबै मन्त्रीहरु हटाएर जाउ भन्ने प्रचण्ड कमरेडको मत छ । तर प्रधानमन्त्री ज्यू केही मन्त्रीलाई मात्र हटाएर राम्रो काम गरेका मन्त्रीहरुलाई यथावत राखेर जाने पक्षमा हुनुहुन्छ’, ओली निकट स्रोतले भन्यो । 
यही विषयमा कुरा नमिलेका कारण मन्त्रीपरिषद् पुनर्गठन गर्ने विषय लम्बिने सम्भावना छ ।





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १२:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया