के फेरि नेपालमा लकडाउन हुँदैछ ?

नेपालमा कोरोनाभाइरसको संक्रमण दर पछिल्लो समय निकै बढ्दै छ । शुक्रबार २४ घन्टाको विषयलाई लिने हो भने पनि हामीले यसको आँकडा निकाल्न गाह्रो छैन कि अब नेपालमा सक्रिय कोरोना संक्रमित झन्डै २० हजारभन्दा बढी छन् । 

यहीबीच अब नेपालमा फेरि लकडाउन हुनसक्ने अनुमान पनि बढेका छन् । यो अनुमान बढ्नुको कारण हो, कोरोना संक्रमित बढ्दै जानु । 

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पनि २५ हजारभन्दा बढी संक्रमित भएको खण्डमा नेपालमा लकडाउन लगाउनु पर्ने निष्कर्ष निकालेको थियो । 

७ असोजमा स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले यो निर्णय सुनाएका थिए । 

त्यसैले पनि अब आशंका थपिएको छ– के नेपालमा अब साँच्चिकै फेरि लकडाउन हुँदै त छैन ?

अर्कोतिर नेपालका व्यवसायीहरुले अब फेरि लकडाउन भएमा समस्या हुने बताउन थालेका थिए । यसको अर्थ हो– सरकारले फेरि कोरोना संक्रमित बढेको भन्दै लकडाउन गर्न सक्ने सम्भावना बढेको उनीहरुले पनि अनुमान गरेका छन् ।



आजमात्र नेपालका व्यवसायीहरुसँग भेट गर्दै स्वास्थ्य मन्त्रीले अहिले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नभएको बताएका छन् । तर, अर्कोतिर कोरोना महामारी भयावह हुँदै जाँदा लकडाउनको विकल्प नदेखिएको पनि एक मन्त्रीले फरकधारलाई बताएका छन् । 

‘अवस्था कस्तो हुने भन्ने प्रसंग अर्को हो, तर स्वास्थ्य मापदण्ड मात्र अपनाएर हामीले भोलि अत्यन्त धेरै संक्रमित भएको खण्डमा के गर्ने भन्नेमा पनि सचेत हुनु आवश्यक छ,’ ती मन्त्रीले फरकधारलाई बताए, ‘त्यसैले यस विषयमा अहिले तत्काल भोलि के हुन्छ भन्ने भन्न सकिन्न । तर, आवश्यक परेको खण्डमा लकडाउन अपरिहार्य हुनसक्छ ।’



  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १७:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया