देशका यी स्थानमा आज बत्ती काटिने

नेपाल विद्युत् प्रधिकरणले निर्माण कार्यका लागि भनेर पछिल्लो समय देशैभर बत्ती काट्न थालेको छ ।

प्राधिकरणका अनुसार शनिबार बत्ती जाने क्षेत्रहरु तोकेको छ । आज धनकुटा, चितवन, पोखरा र राजधानीका तीनै जिल्लामा बत्ती जाने जानकारी प्राधिकरणले गराएको हो ।

प्राधिकरणका अनुसार राजधानीको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ । उक्त फिडर अन्तर्गत वितरण हुने बस्तीमा विद्युत काटिने जानकारी प्राधिकरणले बताएको छ ।

त्यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ । जसको कारण बालाजु क्षेत्रमा आज दिउँसो बत्ती आउने छैन ।

त्यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिनेछ । चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भिसिबी परिवर्तन गर्न सोही समयमा बत्ती काटिने प्राधिकरणले जनाएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिनेछ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने बताइएको छ । पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न आज १० बजेदेखि ५ बजेसम्म लाइन काटिनेछ ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १२:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया