अनशन अन्त्य गर्न डा. केसीलाई नेकपाको आग्रह

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अनशनरत डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ। 

डा. केसी २३ दिनदेखि शिक्षण अस्पतालमा अनशनरत छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना फैलिएको अवस्था देखाउँदै नेकपाले तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गरेको हो । 

मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो अनुरोध गरेको हो । बैठकबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले केसीलाई अनशन अन्त्य गर्न सरकारले गरेको अनुरोधसहितको विवरण पेश गरेको जानकारी दिए ।  

सोही विवरणअनुसार बैठकले कोरोना संकटको समयमा केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १९:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया